दुई निर्माण कम्पनी कालो सूचीमा
काठमाडौं । दुई वटा निर्माण कम्पनी सरकारको कालो सूचीमा परेको छ ।
कालो सूचीमा पर्ने कम्पनीहरुमा क्रमशः नरेश प्रसाद ओझा मुख्य व्यक्ति रहेको श्री जुगल बिल्डर्स कम्पनी प्रालि र कान्ति देवी मिश्र मुख्य व्यक्ति रहेको श्री जेएमबिडी इन्टरनेशनल रहेका छन् ।
सार्वजनिक खरिद अनुगम कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।
कार्यालयका अनुसार सार्वजनिक निकायहरूबाट लेखी आए बमोजिम सोमबारको निर्णयअनुसार जुगल बिल्डर्सलाई ३ वर्ष र जेएमबिडी इन्टरनेशनललाई एक वर्ष, ६ महिनाका लागि कालो सूचीमा राखिएको हो ।
उक्त निर्माण व्यवसायीले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख गरिएको छ ।