उम्मेदवार चयन गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार ०९:११

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

सभापति देउवाले बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाएका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बस्नेछ ।

सो बैठक आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचन केन्द्रित हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले इलाम–२ र बझाङ प्रदेश सभा (१) को उम्मेदवार चयन गर्ने मुख्य सचिव पौडेलले बताए ।

आसन्न उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत्र २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको समय तोकेको छ ।