माओवादी केन्द्रका नेता कालीबहादुर पक्राउ

तु खबर संवाददाता
२०८० चैत्र २०,मंगलवार १६:१६
file-photo

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार उनी आज पक्राउ परेका हुन् ।

सोही प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने रिहा भएका थिए ।

खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ । । माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर समेत रहेका उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य हुन् ।