नेकपा एकीकृत समाजवादी मकवानपुरको अधिवेशन वैशाखमा

मकवानपुर । नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी) मकवानपुरको जिल्ला अधिवेशन आगामी वैशाख १५ र १६ गते हुने भएको छ ।
पार्टीको आइतबार बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुने जनाइएको छ ।
पार्टी स्थायी कमिटी सदस्य ललित बस्नेतको प्रमुख अतिथ्यता तथा मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको हो । बैठकका प्रमुख अतिथी बस्नेतले पार्टीले कृयाशील सबै सदस्यलाई समान अवसर र मौका दिने बताए ।
बैठकमा पोलिटब्युरो सदस्य घनप्रसाद गौतम, केन्द्रिय सदस्य एवम् पार्टी मकवानपुर इन्चार्ज मुनु सिग्देल र केन्द्रिय सदस्य राजाराम स्याङतानको विशेष आतिथ्यता थियो ।