समाचार

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । प्रवक्ता शर्माका अनुसार, राष्ट्रपतिबाट सिफारिस भएपछि उक्त अध्यादेश जारी हुनेछ ।...

सहयोगी मन नेपालद्वारा आगलागी पीडितलाई सहयोग

मकवानपुर । सहयोगी मन नेपालले आगलागी पीडित परिवारलाई सहयोग उपलब्ध गराएको छ । सामाजिक क्षेत्रमा सक्रिय रही सेवा पुर्याउँदै आएको उक्त संस्थाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ निवासी आत्मलाल चौलागाईँको परिवारलाई नगद १० हजार रुपैयाँसहित जिन्सी सामग्री सहयोग गरेको हो । केही दिन अघि विजुलीको तार सर्ट भई भएको...

दोहोरो अंकले खुम्चियो नेप्से, २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्से परिसूचक दोहोरो अंकले खुम्चिएको छ । एक दिनको हरियालीपछि बजार पुनः ओरालो लागेको हो । आज नेप्से १५ दशमलव ४१ अकंले घटेर १९६९ दशमलव ०२ बिन्दुमा पुगेर रोकिएको छ । आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता...

कम्युनिष्ट एकता गर्न हतार छैनः प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट शक्तिबीच एकता गर्न हतार नभएको बताएका छन् । आज ललितपुरको गोदावरीमा नेकपा एमालेको आयोजनामा भएको हिरक जयन्तीको अवसरमा उनले विगतमा कम्युनिस्ट एकताको नाममा हौसिँदा र हतार गर्दा एकता नटिकेको बताए । उनले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने...

चार जुवाडे प्रहरीको नियन्त्रणमा

कास्की । पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले पोखरा महानगरपालिका–१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिकसमेत चार जनालाई आइतबार राति नियन्त्रणमा लिएको हो । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको...

झोक्किँदै देउवाले भनेः मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन कस्ले रोकेको छ भन्दै प्रश्न गरेका छन् । नेकपाको हीरक महोत्सवमा आज सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका उनले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किए ।...

कतारका राजा नेपाल भ्रमणमा आउँदै, भोलि सार्वजनिक बिदा

काठमाडौँ । कतारका राजा नेपाल भ्रमणमा आउने भएकाले भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् । बिदेशी राष्ट्र प्रमुख नेपाल...

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

धनुषा । धनुषाको शहिदनगर नगरपालिका–७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ । रेखाको हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाई ६० वर्षीय उदित ठाकुरलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई इलाका प्रहरी...

उपनिर्वाचनका लागि करिब १७ सय कर्मचारी खटाइने

काठमाडौं । आसन्न उपनिर्वाचनका लागि करिब १ हजार सात सय कर्मचारी खटाइने भएको छ । निर्वाचन आयोगले यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागेको जनाएको छ । आयोगले इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४...

राप्रपा नेपाल मकवानपुरमा थप चार जना मनोनित

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल मकवानपुरमा थप चार जना सदस्य मनोनित भएका छन् । आइतबार बसको पार्टी जिल्ला कार्यसमितिको बैठकले रिक्त रहेको पदमा चार जनालाई मनोनित गरेको पार्टीका सचिव भृगु कार्कीले जानकारी दिए । मनोनित हुनेहरुमा क्रमशः प्रहलाद बानियाँ, इन्दिारा पाठक, गीता सापकोटा र भगवान बर्तौला रहेका...