रास्वपाद्वारा केन्द्रीय समिति बैठक आह्वान

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार १४:०२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

रास्वपाले यही वैशाख २९ गते बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरेको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ ।

समितिको बैठकमा उपनिर्वाचनको समीक्षा, समसामयिक अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

यस्तै, रास्वपाले यही वैशाख २१ गते बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।