बैंकमा चोरी गरेको आरोपमा २ जना पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार १४:१३
सांकेतिक तस्बिर

काठमाडौं । पर्साबाट बैंकमा चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्लाको वीरगञ्जस्थित नबिल बैंकमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका दुबै जनाको पहिचान खुलाएको छनै । अनुसन्धान भइरहेकाले उनीहरुको विवरण नखुलाएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी रहेको र अनुसन्धान जारी रहेको छ ।

सोमबार बिहानीपख ४ बजेतिर बैंकबाट एक करोड ३४ हजार ८०० रुपैयाँ चोरी भएको थियो ।

चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको छ ।