छुटेका बालबालिकालाई खोप लगाइँदै
काठमाडौं । सरकारले नियमित खोप लगाउन छुट्का बालबालिकालाई खोप लगाउने भएको छ ।
सरकारको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको हो ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’ संचालन गर्न लागेको जानकारी दिए ।
उनका अनुसार, १५ महिनामा नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ ।
नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको पाएको मन्त्रालयले जनाएको छ ।
