गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते हुने
मकवानपुर । गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भेला मकवानपुरको थाहा नगरपलिका वडा न ७ डाँडाबासमा हुने भएको छ । उक्त भेला गोले तामाङ बंश उत्थान समाज केन्द्रीय समिति काडमाडौंको आयोजना तथा गोले तामाङ बंश उत्थान समाज थाहा–७ डाँडाबास मकवानपुरको व्यवस्थापनमा हुने भएको हो ।
डाँडाबासमा गोलेहरुको विशेष बहुल्यता रहेकोले राष्ट्रिय भेला त्यहाँ आयोजना गर्न लागेको गोले समाज मकवानपुरका अध्यक्ष राजकुमार गोलेले जानकारी दिए ।
अध्यक्ष गोलेले राट्रिय भेला मकवानपुरमा हुने भएकाले भेला सफल रुपमा सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिएको बताए । जसमा पुर्वी भेगबाट शेरमान गोले (बकैया), रामबहादुर गोले (बकैया), सुधारजित गोले (मकवानपुरगढी), कूष्णबहादुर गोले (सुकौरा), गंगाबहादुर गोले (मकवानपुरगढी), भरत गोले (इन्द्रसरोवर) लाई विभिन्न जिम्मेवारी तोकिएको छ ।
यसैगरी, हेटौंडा क्षेत्रमा रोशन गोले, कमल कुमार गोले, मानबहादुर गोले, रामबहादुर गोले, कूष्णबहादुर गोले, कुमार गोले रहेका छन् भने पश्चिम भेगमा चन्द्रबहादुर गोले (राक्सिराङ), बिनयक गोले (थाहा), रत्नबहादुर गोले (कैलाश), रामबहादुर गोले (मनहरी) लाई विभिन्न जिम्मेवारी दिइएको छ ।
