समाचार

कतारी राजाको नेपाल भ्रमणः यस्तो छ दुई दिने कार्यतालिका

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्नमा नेपाल आइपुग्ने भएका छन् । उनी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् । अमिरले नेपाल...

बागलुङको ३८ वनमा आगलागी

बागलुङ । बागलुङ जिल्लाको ३८ वनमा आगलागी भएको छ । जिल्लामा फागुन महिनायता मात्रै ३८ वटा वनमा आगलागी भएको डिभिजन वन कार्यालय बागलुङले जनाएको छ । वन कार्यालय बागलुङका अनुसार, तीमध्ये अझै १५ वनमा लागेको आगो नियन्त्रण बाहिर रहेका छन् । बागलुङमा पहिलो पटक फागुन ९ गते बरेङ गाउँपालिका...

महिला र पुरूष मृत अवस्थामा फेला

जनकपुर । जनकपुरको रामानन्दचोकस्थित एक होटलमा आज बिहान महिला र पुरुष मृत अवस्थामा फेला परेका छन् । होटेल होलिडे एण्ड गेष्ट हाउसमा एक महिला र पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका...

स्वास्थ्य मन्त्री यादव अमेरिका जाँदै

काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा जाने भएका छन् । मन्त्री यादव जनसंख्या सम्बन्धी सम्मेलनमा सहभागी हुन त्यसतर्र्फ प्रस्थान गर्न लागेका हुन् । उनी जनसंख्या विकास सम्बन्धी ३० औं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यही २७ अप्रिलमा त्यसतर्फ जान लागेका हुन् । मन्त्री यादवको नेतृत्वमा...

दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ

पोखरा । कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर बस्ने ६९ वर्षीय बोरबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित पावर हाउसबाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट १० किलो...

चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा श्रेष्ठ

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषद्को अध्यक्षमा चयन भएका हुन् । परिषद्मा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार, सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरू रहेका छन् ।

दुर्घटनामा परेर पत्रकार यादवको मृत्यु

धनुषा । धनुषामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । दुर्घटनामा परेर रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बिहान जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर...

मलेसियामा हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा नौसेनाको तालिमका क्रममा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । मलेसियन नौसेनाका यी हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका थिए । दुर्घटनामा हेलिकप्टरका चालक दलसहित सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । स्थानीय मिडियामा देखिएका...

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आह्वान गरिएको छ । बैठक यही वैशाख २६ गते बस्ने गरी आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न उक्त बैठक आह्वान गरिएको उनले...

बागमती प्रदेश सभाका सभामुख स्वदेश फर्किए

मकवानपुर । बागमती प्रदेश सभाका सभामुख भुवक कुमार पाठक अमेरिका भ्रमण सकेर स्वदेश फर्किएका छन् । सभाुमख पाठक करिब दुई साता लामो अमेरिकाको भ्रमण सकेर आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । उनी गत चैत्र १९ गते नीजि भ्रमणको सिलसिलामा अमेरिकातर्फ प्रस्थान गरेका थिए । भ्रमण सकेर वैशाख...