अवैध लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, कञ्चनपुर र बाजुरा जिल्लाको विभिन्न स्थानबाठ लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले झापाको बिर्तामोड नगरपालिका–३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर बुधबार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका–७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन २ ग्राम ३५ मिलिग्रामसहित बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुरको ण्भिमदत्त नगरपालिका–११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन २ ग्राम ८२ मिलिग्रामसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–११ बस्ने २० वर्षीय अरूण राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले बाजुराको बुढिगंगा नगरपालिका–५ घर भई हाल सोही नगरपालिका–६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ४ ग्राम ९७ मिलिग्राम लागूऔषध खैरो हेरोइन र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित बुधबार उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
