समाचार

लुम्बिनी प्रदेशः विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं । लुम्बिनी प्रदेशका विना विभागी ७ मन्त्रीले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री जोख बहादुर महराले विना विभागीय ७ जना मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । बुधबार मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी...

सुमो दुर्घटना हुँदा १० जना घाइते

काभ्रे । काभ्रेको भुम्लुमा आज बिहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । पलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका वडा नं ५ मुलाबारीमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । उक्त दुर्घटनामा परेर ८ जना महिला...

बुधबार शेयर बजार झिनो अंकले वृद्धि

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ० दशमलव १५ अंकले बढेर १९६९ दशमलव १७ को विन्दुमा कायम भएको हो । बुधबार शेयर बजारमा कारोबार भएका अधिकांश उपसूचकहरु राताम्मे बनेका छन् । नेप्सेमा आज ३१३ कम्पनीहरुको...

अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेत, झापा र बर्दिया जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने ३० वर्षीय हेमन्त विकलाई अवैध लागूऔषध ब्राउनसुगर सहित मंगलबार पक्राउ गरेको छ । प्रहरीले लागूऔषध ब्राउनसुगर १...

कर्णालीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराएका थिए । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले उनलाई विना विभागीय मन्त्रीको रूपमा...

स्वदेश फर्किए कतारका राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आएका उनी आज दिउँसो स्वदेश फर्किएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे । सो...

हेटौंडा उपमहानगरद्वारा पुनः भर्ना शुल्क नलिन आग्रह

मकवानपुर । हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन आग्रह गरेको छ । उपमहानर भित्र रहेका सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई पुनः भर्ना शुल्क नलिन आग्रह गरिएको हो । उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीताराम कोइरालाद्वारा एक सूचना जारी गर्दै...

मृत अवस्थामा भेटिए एक युवक

जनकपुरधाम । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा गएराति एक युवक मृत अवस्थामा भेटएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार, कुशियैत उक्त होटलको कोठा नं. २०४ मा झुण्डिएको...

बिहे घरमा आगलागी हुँदा ६ लाखको क्षति, २ जना घाइते

सर्लाही । सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको एक बिहे घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने आगलागीमा परेर २ जना घाइते भएका छन् । जिल्लाको बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका...

कतारी राजा अमिर शेखले प्रधानमन्त्रीसँग दुई पक्षीय वार्ता गर्दै

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग दुई पक्षीय वार्ता गर्ने भएका छन् । दुई दिने नेपाल भ्रमणअन्तरगत राजा अमिर शेखले आज प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्ने भएका हुन् । उनीहरुबीच बिहान साढे १० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाट...