समाचार
बिहीबार नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३ दशमलव २४ अंकले घटेर १९६५ दशमलव ९३ को बिन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत कम्पनीहरुको ६३ लाख १२ हजार ५५२ वटा शेयर कित्ता खरिद–बिक्री भएको छ भने...
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । अवैध लागूऔषधसहित प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट १० जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बाँके र कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले झापाको झापा गाउँपालिका–१ सितुमारी कार्की चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९१ ग्राम ३ सय ८० मिलिग्रामसहित २ जनालाई बुधबार...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
वीरगंज । पर्साको वीरगंज महानगरपालिकाको खल्वा टोला स्रिसियामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगंजबाट सुख्खा बन्दगाहतबाट आइरहेको ना १८ प ९८१६ नम्बरको मोटरसाइक र विपरित दिशातर्फ जाँदै गरेको ना ३१ प ३८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो...
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती प्रदान
काठमाडौं । आसन्न उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृती प्रदान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृती प्रदान गरेका हुन् । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकको वैशाख १० गतेको निर्णय अनुरुप सेना परिचालन गर्न स्वीकृती प्रदान...
खोलामा डुबेर मकवानपुरका थापाको मृत्यु
मकवानपुर । मकवानपुरमा खोलामा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७, बस्ने ३३ वर्षीय शेखर थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, उनको दिउँसो १ बजेको समयमा नुहाउने क्रममा मनहरी खोलामा डुबेर मृत्यु भएको हो ।...
हेटौंडा ११ का विद्यार्थीलाई कम्प्युटर सम्बन्धि आधारभूत तालिम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धि आधारभूत तालिम दिइएको छ । कक्षा ११, १२ र ब्याचलर लेवलका विद्यार्थीहरुका लागि बिपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको उक्त तालिम बिहीबारबाट सुरु भएको हो । तालिम चिनीमाया प्रतिष्ठानको सहयोगमा संचालन गरिएको हो ।...
शिवम् सिमेन्टको गम्भीर लापरबाहीः कोइलाको सट्टामा प्लाष्टिक बालेपछि फैलियो प्रदुषण
मकवानपुर । हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी गम्भीर लापरबाही गर्दै आएको रहस्य बाहिर आएको छ । उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको छ । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको...
‘अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य सुविधामा आवश्यक पहल गर्नेछ’
मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य सुविधाका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार राष्ट्रिय अपांङ्ग महासंघद्वारा सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित छलफल तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् । अपाङ्गता भएका व्यक्तिका लागि आफु...
२५ औँ मनमोहन स्मृति दिवस मनाइँदै
काठमाडौं । नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज मनाइँदैछ । बिहीबार विविध कार्यक्रमको आयोजना गरी अधिकारीको २५ औँ स्मृति दिवस मनाउन लागिएको हो । अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौंको गोठाटारमा निधन भएको थियो । उनको हृदयाघातबाट निधन भएको थियो । अधिकारीकै...
मकवानपुरको पाँच स्थानमा आगलागी
मकवानपुर । मकवानपुर जिल्लाको विभिन्न पाँच स्थानमा एकैदिन आगलागी भएको छ । बुधबार जिल्लाको छुट्टाछुट्टै पाँच स्थानमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीबाट जिल्लाको बागमती गाउँपालिका वडा नं.९ ढाडे बस्ने चन्द्रमाया स्याङताङको २ तले जस्ताको छाएको कच्ची घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । कालिश्वर सामुदायिक...









