आजको मौसमः पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

तु खबर संवाददाता
२०८१ बैशाख २३, आईतवार ०८:५३
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको जनाइएको छ ।