समाचार
५ वर्षीय छोराको हत्या आरोपमा आमा पक्राउ
जनकपुरधाम । सिरहामा ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आफ्नै आमा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ३४ वर्षीय सरीताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार, सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले आफ्नै छोरा आयुष साहको...
राष्ट्रिय बीमा कम्पनीको सीईओमा श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । डा. श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् । उनी नेपाल खाद्य...
ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा कारोबार हुँदैछ ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबारको तुलनामा आज सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला १ लाख ३७...
आवश्यक औषधी र उपकरणहरु उपलब्ध गराउँछुः मन्त्री श्रेष्ठ
फर्पिङ । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई आवश्यक औषधी र उपकरणहरु सक्दो उपलब्ध गराउने बताएका छन् । मनमोहन स्मृति विकास केन्द्र दक्षिणकाली नगरपालिका–६, फर्पिङद्वारा आयोजित २५ औं मनमोहन स्मृति दिवसको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । अस्पतालमा बिरामी बढ्दै गएका कारण बेर्डको क्षमता बढाउनुका साथै...
अचेत अवस्थामा भेटिएका श्रेष्ठको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडामा बिहीबार अचेत अवस्थामा भेटिएका रमेश श्रेष्ठको मृत्यु भएको छ । हेटौंडा–४, ओमभवनस्थित केदार शाहीको घरमा पाहुना आएका ५१ वर्षीय श्रेष्ठको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, ललितपुर महालक्ष्मी नगरपालिका वडा नं.८ निवासी उनी सुतेको कोठामा अचेत अवस्थामा भेटिएका थिए...
मानब बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
नुवाकोट । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार एक प्रतिवादी बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय राम बहादुर भन्ने जंग बहादुर तामाङ रहेका छन् । उनलार्ई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले तादी गाउँपालिका–४ सातबिसेबाट पक्राउ गरेको हो । तामाङ...
नक्कली परीक्षार्थी पक्राउ
काठमाडौं । काठमाडौंको ठुलो भर्याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबारबाट सुर भएको कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिन गएका आदेश जंग शाही पक्राउ परेका हुन् । शान्ति विद्यागृह ठहिटीमा अध्ययनरत टंकबहादुर घर्तीको नाममा परीक्षा दिन सो केन्द्र पुगेका २३ वर्षीय आदेशलाई पक्राउ...
उपनिर्वाचनः सुरक्षा व्यवस्थापनको तयारी पूरा
काठमाडौं । आसन्न उपनिर्वाचनको लागि सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उप–निर्वाचनका लागि सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएका छन् ।...
बर्खास्त भए कृषि मन्त्रालयका सहसचिव गैरे
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव पदबाट बर्खास्त भएका छन् । लगातार ९० दिन भन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेकोले सहसचिव डा. कमलराज गैरेलाई बर्खास्त गरिएको हो । सो बारे मन्त्रालयले आज एक सुचना सार्वजनिक गर्दै विदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार ९० दिन भन्दा...
नेपाली सेनाको रिक्त पदमा दरखास्त आह्वान
काठमाडौं । नेपाली सेनाको विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरिएको छ । नेपाली सेनाले प्राविधिक, हवाई र विविध सेवातर्फ रिक्त रहेको पदका लागि दरखास्त आह्वान गरेको हो । आज सार्वजनिक सूचना जारी गर्दै नेपाली सेनाले रिक्त रहेका ३१९ पदमा दरखास्त आह्वान गरेको हो । जारी सूचना अनुसार, नर्सिङ,...










