बस दुर्घटनामा परेर त्रिविका प्राध्यापकको मृत्यु
काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको छ ।
रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा उनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रा.डा. रिजाल त्रिभुवन विश्वविद्यालय कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापक हुन् ।
उक्त दुर्घटनामा परेर अन्य ३ जना पनि घाइते भएका छन् । घाइते हुनेहरुमा बैतडी घर भएका २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बस चालक २७ वर्षीय रमेश लामा घाइते भएका छन् ।
उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
