गरिमा विकास बैंकले संस्थापक शेयर बिक्री गर्ने

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार ०९:५६

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९० दशमलव ३० कित्ता शेयर बिक्री गर्न लागेको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आगामी जेष्ठ २७ गतेभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको प्रधान कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

साथै, तोकएको समयावधिभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि पर्याप्त निवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने जनाइएको छ ।