समाचार

कान्तिलोकपथ आजबाट बिहान ३ र राति १० घण्टा खुला हुने

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ सडकखण्ड आजबाट बिहान ३ घण्टा र राति १० घण्टा खुला हुने भएको छ । उक्त सडकखण्ड बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म खुला हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

इलाम–२ उपनिर्वाचनः सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा सर्वदलीय बैठक सुरु भएको छ । इलाम–२ मा मतगणना अघि सर्वदलीय बैठक बसेको हो । बैठक इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा बसेको हो । बैठक सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा सबै राजनीतिक...

बझाङमा खस्यो ४० प्रतिशत मत

काठमाडौं । बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा भइरहेको उपनिर्वाचनमा ४० दशमलव ४५ प्रतिशत मत खसेको छ । बझाङमा दिउँसो ३ बजेसम्म २६ हजार १९६ मतदाताले मतदान गरेको बझाङका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार, ६१ हजार ७४८ मतदाता रहेको बझाङमा उक्त संख्या...

इलाम–२ उपनिर्वाचनः ५१ प्रतिशत मत खस्यो

काठमाडौं । उपनिर्वाचन अन्तरगत इलाम प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा हाल मतदान प्रकृया जारी छ । इलाम–२ मा ५१ प्रतिशत मत खसेको छ । कूल मतदाता १ लाख १६ हजार ८८९ रहेकोमा दिउँसो ३ बजेसम्म करिब ६० हजार मतदाताले मतदान गरेको जनाइएको छ । इलाम–२ मा साना ठूला...

यो साता २१ सयले घट्यो सुनको भाउ

काठमाडौं । यो साता नेपाली बजारमा सुन प्रतितोला २१ सय रुपैयाँले गिरावट आएको छ । गत साताको तुलनामा यो सातामा सुनको मूल्यमा उक्त मूल्यको गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साताको शुक्रबार १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन यस साताको...

शिवम् फलोअपः रोकिएन ज्यादती, धुँवाको मुस्लोले ढाक्यो हेटौंडा

मकवानपुर । हेटौंडा– १६ स्थित शिवम् सिमेन्ट उद्योगको ज्यादतीका कारण उद्योग निकट बस्नेहरुमा रुघाखोकी सँगै स्वासप्रश्वासको समस्या बढेको छ । हटिया हर्नामाडी, ठूलोदमार, राजदेवी, चुच्चेखोला र चौघडालगायतका क्षेत्र सधैं उद्योगको कालो धुँवाको मुस्लोले ढाकिने गर्छ । बाक्लो धुँवाले बेलाबेला सडकमा गुड्ने सवारी साधनसमेत प्रभावित हुने गरेका छन् । उद्योगले विगत...

प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको लागि आवेदन माग

काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको लागि आवेदन माग गरेकोे छ । शिक्षक सेवा आयोगले शनिबार चार हजार ४६२ शिक्षकका लागि आवेदन माग गरेको हो । आयोगले खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाती, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र तराई–मधेशमा बसोबास गर्ने मधेशी, आदिवासी जनजाती, दलित, पिछडावर्ग...

मकवानपुरकी बालिकालाई बेचबिखन गर्ने कार्यमा संलग्न महिला पक्राउ

काठमाडौं । मकवानपुरकी अढाई वर्षीया बालिकालाई बेचबिखन गरेको अभियोगमा प्रहरीले सोमबार एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१३ घर भई काठमाडौं जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मा रहेका छन् । उक्त कार्यमा संलग्न विश्वकर्मालाई मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौं भृकुटीमण्डपबाट पक्राउ...

मकवानपुरमा सवारी दुर्घटना, एक जना घाइते

मकवानपुर । धरान–चतरा सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ तिनतल्लेस्थित शुक्रबार सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । हेटौंडाबाट फापरवारीतर्फ जाँदै गरेको बा २ ख ६९४३ नम्वरको बसले फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २–०३–०२१ प ६६१४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका...

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । बैठक अपराह्न ४ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाबारे छलफल हुने जनपाले जनाएको छ । यसअघि शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति,...