समाचार

बझाङ मतगणनाः कांग्रेसलाई पछि पार्दै दोस्रो स्थानमा माओवादी

काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’ को मतगणना हाल जारी छ । हालसम्म भएको मतगणना अनुसार नेपाली कांग्रेसलाई पछि पार्दै नेकपा माओवादी केन्द्रले दोस्रो स्थान हाँसिल गरेको छ । ४ हजार २१५ सदर मतमध्ये नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गर्दै कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई तेस्रो...

मृत भेटिए १८ वर्षीय चौलागाईँ

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १८ वर्षीय निर्माण चौलागाईँ मृत अवस्थामा भेटिएका छन् । शनिवार अपराह्न बेपत्ता भएका चौलागाईँ आइतबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, वीरेन्द्रनगर नगरपालिका–३, गण्डकी लाइन बस्ने उनी बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका...

कक्षा १२ को परीक्षा दिँदै मनहरीका वडाध्यक्ष खनाल

मकवानपुर । ‘पढ्नलाई उमेरले छेक्दैन, इच्छाशक्ति चाहिन्छ ।’ भन्ने कुरालाई मकानपुरका जनप्रतिनिधि चरितार्थ गरिदिएका छन् । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शिवप्रसाद खनाल उमेरले ५० वर्ष पूरा भए । यो उमेरमा जनताको सेवक बन्दै अधुरो शिक्षालाई पूरा गर्न लागेका उदाहरणीय पात्र बनेका छन्, खनाल अहिले...

दुर्घटनामा परेर एक जनाको मृत्यु

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा गएराति मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु १च ४३२० नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जाली...

इलाममा ३ वडाको मतगणना सम्पन्न, कांग्रेसको अग्रता कायमै

इलाम । इलाम–२ को उपनिर्वाचनको मतगणना हाल जारी छ । मतगणना अन्तरगत हालसम्म ३ वडाको मतगणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार, फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना सम्पन भएको हो । जसमा नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता कायमै...

हत्या गरेको अभियोगमा पक्राउ

जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा शनिबार एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका–१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडी रहेका छन् । ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर...

बझाङमा एमालेका भण्डारीले लिए अग्रता

काठमाडौं । बझाङको प्रदेश सभा क्षेत्र नं. १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारीले अग्रता लिएका छन् । २ हजार ८२२ मत गणना हुँदा भण्डारीले १ हजार ३०३ मत प्राप्त गरी अग्रता कायम गरेका हुन् । भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ प्राप्त गरेका छन्...

चीनले नेपाली नागरिकका लागि भिसा शुल्क नलिने

काठमाडौं । चीनले नेपाली नागरिकका लागि भिसा शुल्क नलिने भएको छ । चीनले मे १ बाट नेपाली नागरिकसँग भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका लागि चाइनिज राजदूत चेन सोङले नेपाल र चीन बिचको मित्रता प्रवर्द्धन गर्न र सेवा आदानप्रदानलाई थप सहज बनाउनका लागि...

दोहोरो अंकले बढ्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ३३ प्रतिशतले बढेर १९८० दशमलव २७ अंकमा पुगेर रोकिएको छ । आइतबार ३०८ कम्पनीको ६८ लाख ७८ हजार १५९ कित्ता शेयर किनबेच भएको छ भने २...

मतगणनाः बझाङमा एमाले अगाडि

बझाङ । बझाङको प्रदेश सभा क्षेत्र नं. १ मा जारी मतगणनामा नेकपा एमाले अगाडि रहेको छ । त्यहाँ ४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत प्राप्त गरी अग्रता लिएका हुन् । यस्तै, भण्डारीलाई पछ्याउँदै नेपाली कांग्रेसका अभिषेक सिंह दोस्रो स्थानमा रहेका छन । उनले १३२ मत प्राप्त...