प्रकाश दाहाल स्मृति भलिबलको उपाधी हेटौंडालाई

तु खबर संवाददाता
२०८१ बैशाख २७,बिहीबार १०:०५

मकवानपुर । प्रकाश दाहाल स्मृति भलिबल प्रतियोगिताको उपाधि हेटौंडा उपमहानगरपालिकाले हात पारेको छ ।

बुधबार सम्पन्न पहिलो बागमती अन्तरपालिका अन्तरगतको फाइनल खेलमा थाहा नगरपालिकालाई पराजित गर्दै हेटौंडाले उपाधी हात पारेको हो ।

सो प्रतियोगितामा महाँकाल गाउँपालिका र घ्याकलेक गाउँपालिका तेस्रो भयो । उपाधि विजेताले हेटौंडाले तीन लाख, उपविजेताले दुई लाख तथा तेस्रो हुनेले एक रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

प्रतियोगितामा थाहा नगरपालिकाका विष्णु क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै, सुजन चोखाल उत्कृष्ट सेटर, राजन दर्लामीमगर उत्कृष्ट लिबरो, महांकाल गाउँपालिकाका जिबन सुनार उत्कृष्ट ब्लकर, हेटौंडाका पुष्प मैनाली उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विधागत उत्कृष्ट हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

उपाधि विजेता टोली तथा खेलाडीलाई आयोजक टोलीकी संयोजक डोल्मामाया गोले लगायतले पुरस्कार प्रदान गरेकी थिइन् ।

उक्त प्रतियोगिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानले संचालन गरेको हो ।