समाचार
अवैध लागूऔषधसहित १० जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, रौतहट, झापा, धनुषा, कञ्चनपुर जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई पक्राउ गरेको छ । कुर्मीलाई आफ्नै घरबाट लागूऔषध...
उपनिर्वाचनः इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता
इलाम । उपनिर्वाचन अन्तरगत आइतबारदेखि सुरु भएको मतगणनामा इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । यस्तै, तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले...
मकवानपुर प्रहरीद्वारा अवैध काठ बरामद, एक जना पक्राउ
मकवानपुर । प्रहरीले मकवानपुरको बागमती गाउँपालिका वडा नं.२ भुर्कुसबाट गएराति अवैध काठ बरामद गरेको छ । प्रहरीले १८७ पिस २१७.४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, भुर्कुस टोलबाट बा.५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै...
इलाम-२ मा ११ बजेदेखि मतगणना गर्ने सर्वदलीय बैठकको निर्णय
काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा बिहान ११ बजेदेखि मतगणना सुरु हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकारी केशव घिमिरेका अनुसार, सर्वदलीय बैठकमा सबै राजनीतिक दलका उम्मेदवारसहित सरोकारवालाहरूको सहभागीता रहेको थियो । मतगणना इलाम...
सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाइ हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवम् लेग स्पिनर सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदैछ । उनीविरुद्ध उच्च अदालत पाटनमा परेको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको हो । यसअघि अदालतले उक्त मुद्धा हेर्न नभ्याइनेमा राखिएको थियो । सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै...
बझाङमा सबै मतपेटिका सङ्कलन, सर्वदलीय बैठक बस्दै
धनगढी । बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन भएको छ । शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरिएको हो । संकलन मतगणना अघि सर्वदलीय बैठक आह्वान गरिएको छ । बैठक ११ बजे बस्ने...
प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ
झापा । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ पन्थपांडास्थित हुलाकी राजमार्गबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाह्रदर्शी गाउँपालिका–४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलम रहेका छन् । उनलाई प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले पक्राउ...
स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियान
मकवानपुर । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र मकवानपुरले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियान सुरु गरेको छ । उक्त अभियान शनिबारबाट विश्वका १४० मुलुकमा सुरु भएको हो । अभियान अन्तरगत हेटौंडामा भएको क्षेत्रीय शुभारम्भ बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले गरेका हुन् । सो क्रममा आध्यात्मिक सशक्तिकरणबाट शान्ति...
युवा संघ गढीको आयोजनामा प्रशिक्षण कार्यक्रम
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीले प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । युवा संघ मकवानपुरगढीले शनिबार उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम युवा संघ मकवानपुरगढीका अध्यक्ष बिष्णु प्र. सिलवालको अध्यक्षतामा एवम् युवा संघका लेखा आयोग प्रमुख सन्तोष चौलागाईँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।...
आज यी स्थानमा वर्षाको सम्भावना, तातो हावाबाट बच्न अनुरोध
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै, महाशाखाका अनुसार, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही...










