मंगलबार नेप्सेमा सामान्य अंकको वृद्धि

तु खबर संवाददाता
२०८१ बैशाख २५,मंगलवार १६:१५
file-photo

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको वृद्धि भएको छ ।

अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २ दशमलव ०६ अंकले बढ्दै १९६० दशमलव ८१ अंकमा उक्लिएको हो ।

२ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत बढेको छ । मंगलबार २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।

सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको जनाइएको छ ।