समाचार

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, शनिबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशको बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी...

उपनिर्वाचनः आज मतदान हुँदै

काठमाडौं । उपनिर्वाचनका लागि आज मतदान हुँदैछ । इलाम प्रतिनिधि सभा क्षेत्र नं. २ र बझाङ प्रदेश सभा क्षेत्र नं. १ मा हाल मतदान जारी छ । दुबै जिल्लामा मतदाताहरुले उत्साहपूर्वक लामबद्ध रुपमा मतदान गरिरहेको जनाइएको छ । शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र...

माधव नेपाल आज हेटौंडा आउँदै

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज हेटौंडा आउने भएका छन् । अध्यक्ष नेपाल नेकपा एकीकृत समाजावदी मकवानपुरको आज र भोलि हुने जिल्ला अधिवेशनमा सहभागी हुन हेटौंडा आउन गरेका हुन् । अधिवेशन हेटौडा उपमहानगरपालिका वडा नं.४ स्थित रोयल पार्टी प्यालेशमा हुने जनाइएको छ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौध किलोमा ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सिरानचोकका ४५ वर्षीय अशोक गहतराज रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको गोरखा अस्पतालमा उपचारका...

धरौटीमा रिहा भए दिपेश पुन

काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए...

कतारमा ६२५ नेपाली कामदार अलपत्र परे

कतार । कतारस्थित अल जावर पार्टनर्स कम्पनीमा कार्यरत ६२५ जना नेपाली कामदार अलपत्र परेका छन् । कम्पनीले पछिल्लो ५ महिनासम्मको तलब नदिएपछि आफूहरू अलपत्र परेको उनीहरूको भनाई छ । उक्त कम्पनीमा काम गर्ने करिब १ हजार ५०० कामदारमध्ये ६२५ जना नेपाली भएको जनाइएको छ । उनीहरूले पाँचदेखि तीन महिनासम्मको...

आगलागी पीडितलाई तत्काल राहत दिन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले आगलागीबाट पीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेको छ । कांग्रेसले आगलागी पीडित परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा बसोवासको यथोचित प्रबन्ध गर्न सरकारसँग माग गरेको हो । शुक्रबार कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी सभापति शेरबहादुर देउवाले आगलागी भएका क्षेत्रहरूमा...

कोरियन भाषा परीक्षा पास गरेकाले रोस्टर परिवर्तन गर्न पाउने

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस टपिक) उत्तीर्ण गरेकाहरूले रोस्टर परिवर्तन गर्न पाउने भएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने भएका हुन् । ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले एक सूचना जारी...

अवैध सुन कारोवारमा संलग्न सात जना पक्राउ

काठमाडौं । अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका–३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र...

प्रधानमन्त्री र सिआइडिसिएका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईबीच भेटवार्ता भएको छ । उनीहरुबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटावार्ता भएको हो । सो क्रममा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाले...