एकीकृत समाजवादीको तीन वटै बैठक सर्यो

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार १६:०१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको तीन वटै बैठक सरेको छ । एकीकृत समाजवादीको स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सरेको हो ।

यसअघि एकीकृत समाजवादीले वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिटब्युरो तथा वैशाख २८ र २९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो ।

आन्तरिक तयारी नपुगेका कारण बैठक सार्नु परेको सो पार्टीको प्रचार विभागले सोमबार पठाएको सूचनामा उल्लेख छ ।

जारी सूचना अनुसार, सरेको उक्त बैठक क्रमशः वैशाख २९ गते, ३० गते तथा वैशाख ३१ र जेठ १ गते बस्ने भएको छ ।

एकीकृत समाजवादीले आगामी जेठ १६ देखि २० मा राष्ट्रिय महाधिवेशन गर्दैछ ।