रास्वपाद्वारा संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार १७:०३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक आह्वान गरेको छ ।

रास्वपाले मंगलबार बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी संसदीय दलको बैठक आह्वान गरेको पार्टीका सहमहामन्त्री मनीष झाले जानकारी दिए ।

बैठक यही वैशाख २८ गते बस्ने गरी आह्वान गरिएको हो । संसद् बैठकको तयारीका लागि संसदीय दलको बैठक आह्वान गरेको सहमहामन्त्री झाले बताए ।

सरकारले वैशाख २ गते संसद्को हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।