‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदै

तु खबर संवाददाता
२०८१ बैशाख २५, मंगलवार १७:५७

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘पाँचौँ राष्ट्रिय मह मेला २०८१’ आयोजना हुँदैछ । उक्त मेला नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्न लागेको हो ।

मह उत्पादक किसानलाई बजारसम्म जोड्ने मुख्य उद्देश्यले भोलि वैशाख २६ देखि ३० गतेसम्म पाँच दिने सो मेला आयोजना गर्न लागेको महासंघले जनाएको छ ।

मेलामा भीर मौरी, कठौरी मौरी लगायत स्थानीय र रैथाने मौरीहरूको मह प्रदर्शनी तथा बिक्री हुनेछ । साथै मौरी र मह सम्बन्धी विभिन्न अनुसन्धानको निष्कर्ष तथा सूचनामूलक जानकारी दिइने छ ।

सो मेला मार्फत् मह काढ्ने तरिका, विशेषता थाहा पाउन सकिने छ । मौरी, मौरीपालनका प्रविधि समेत प्रदर्शनी हुनेछ ।

सो प्रदर्शनीको मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने छ ।