५१९ इन्स्पेक्टरहरुको सरुवा, को कहाँ पुगे हेर्नुहोस्

तु खबर संवाददाता
२०८१ बैशाख २७, बिहीबार ०८:४४

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ५१९ जना इन्स्पेक्टरहरुको सरुवा गरेको छ ।

जेठ महिनाको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रभाग नागढुंगामा हेम कुमार थपलियालाई सरुवा गरिएको छ । इन्स्पेक्टर हरि वलीलाई जिल्ल ट्राफिक प्रहरी कार्यालय धनुषामा पठाइएको छ ।

धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा सोनु कुमार शाह, महोत्तरी स्थित इलाका प्रहरी कार्यालय गौशालामा सूर्यबहादुर राना मगर र बारा स्थित इलाका प्रहरी कार्यालय प्रसौनीमा सुरेशराज भट्टलाई पठाइएको छ ।

हेर्नुहोस् थप विवरण

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab