मकवानपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते
मकवानपुर । पुर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरी भुलचोकमासोमबार बसले स्कुटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको बा ९३ प २७३४ नम्बरको स्कुटरलाइ सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०३००१ ख २३१८ नम्बरको बसले ठक्कर दिँदा दुई जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
घाइते हुनेहरुमा स्कुटर चालक पर्सा वीरगञ्ज उपमहानगरपालिका–१३ वस्ने वर्ष ४५ की कलावती आचार्य र पछाडी सवार धादिङ सल्यानटार ज्वालामुखी गाउँपालिका–२ बस्ने बर्ष– ४६ को बिष्णु प्रसाद उपाध्याय रहेका छन् ।
घाइते दुबै जनाको चितवनस्थित भरेष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगतै फरार रहेको बस र चालकलाई चितवन प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
