शीर्ष नेताहरुको छलफल विना निष्कर्ष टुंगियो

तु खबर संवाददाता
२०८१ बैशाख २५, मंगलवार १५:४९

काठमाडौं । सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल विना निष्कर्ष नै टुंगिएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा मंगलबार झण्डै तीन घण्टा भएको छलफल निष्कर्ष विनै टुंगिएको हो ।

उत्तल छलफलमा नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग दोहोर्याएको थियो भने सत्ता पक्षले सहकारीको समग्र समस्या समाधान गर्ने गरी समिति गठन गर्न सकिने धारणा राखेको जनाइएको छ ।