राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ बैशाख २४, सोमबार ०९:४९
file-photo

काठमाडौं । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकारबाही, आर्थिक कूटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुने जनाइएको छ ।