समाचार
श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान
काठमाडौं । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आह्वान गरिएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको हो । सो बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि चालु आ.व.मा विनियोजित बजेट तथा कार्यक्रमको हालसम्मको प्रगति र कार्यान्वयनको...
मकवानपुर प्रहरीद्वारा जंगली चरा नियन्त्रण
मकवानपुर । मकवानपुर प्रहरीले बुधबार बिहान बेवारिसे अवस्थामा जंगल चरा नियन्त्रणमा लिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेस्थित पूर्व–पश्चिम सडकखण्डबाट अन्दाजी ३०० वटा जंगली चरा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार, गाईघाटबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख.१६८२ नं.को बसलाई रोकी चेकजाच गर्ने क्रममा बसको बाया...
१३ जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । प्रहरीले ललितपुरको ग्वार्कोबाट गएराति १३ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका अवस्थामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।...
कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् । गत चैत्र २७ गते मुख्यमन्त्री बनेका कँडेलले संवैधानिक प्रावधान अनुरुप आज विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्ने गरी आह्वान गरिएको छ । मुख्यमन्त्री कँडेलले आज...
उपनिर्वाचनः आजबाट मौन अवधि सुरु
काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको छ । यही वैशाख १५ गते इलाम र बझाङ जिल्लामा हुन लागेको उपनिर्वाचन अन्तरगत आजबाट मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगले ती दुबै जिल्लामा आजदेखि मतगणना सम्पन्न नभएसम्मका लागि प्रचार प्रसार निषेध गरेको हो । निर्वाचन आचारसंहिता...
राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै
काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि विकास परिषद्को बैठक आह्वान गरिएको हो । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बस्ने जनाइएको छ । होटल...
मकवानपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १० सादिखोरियास्थित भित्रि सडकखण्डमा गएराति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश गाउँपालिका वडा नम्वर १० पुरानोगाँउ बस्ने ३५ वर्षीय प्रदिप वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, प्रदिप भलटारदेखि पुरानो गाँउतर्फ बिजुलीको पोल...
बागमती मन्त्रिपरिषद् बैठक सम्पन्नः यस्ता छन् निर्णयहरु
मकवानपुर । बागमती प्रदेशको बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको हो । उक्त बैठकले विभिन्न १४ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : १. बागमती...
पानी पर्ने जनविश्वासका साथ हेटौंडामा भ्यागुताको विवाह
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा वर्षा होस् भन्ने कामना गर्दै भ्यागुताको विवाह गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियाका स्थानीयहरुले पानी पर्ने जनविश्वासका साथ बुधबार बैदिक परम्परा अनुसार पण्डितको उपस्थितिमा बाजागाजासहित एक जोडी भ्यागुताको विवाह गरेका हुन् । लामो समयदेखिको खडेरीका कारण जनजीवन कष्टकर बन्दै गएपछि...
वैशाख २४ गते सार्वजनिक विदा दिने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन...









