यो साता १८ सयले घट्यो सुनको भाउ
काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको तुलना यस साता सुनको भाउ घटेको जानकारी गराएको हो ।
गत साताको शुक्रबार प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यस सातासम्म आइपुग्दा तोलामा १ लाख ३५ हजार ४०० रुपैयाँमा झरेको हो ।
यस्तै, गत साता तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको तेजावी सुन यस सातासम्म आइपुग्दा तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सुनको मूल्यमा गिरावट आएसँगै यस साता चाँदीको भाउसमेत घटेको छ । यो साता चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको हो ।
गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ६ सय ७५ रुपैयाँ रुपैयाँ थियो । जुन यो साता प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ ।
