समाचार

राष्ट्रिय विकास परिषद्को बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय विकास परिषद्को बैठक भोलि बिहीबार बस्ने भएको छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि विकास परिषद्को बैठक आह्वान गरिएको हो । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा बस्ने जनाइएको...

हेटौंडामा पालिकास्तरीय वार्षिक समीक्षा

मकवानपुर । मकवानपुरको हेटौंडामा पालिकास्तरीय त्रैमासिक तथा वार्षिक समीक्षा गरिएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक समीक्षा तथा पालिकास्तरीय वार्षिक समीक्षाको आयोजना गरेको हो । मंगलबार भएको उक्त कार्यक्रममा गत असोज १५ गतेदेखि चैत १७ गतेसम्मको कार्यविधिहरूको प्रस्तुतीकरण गरिएको संयोजक सुर्दशन दहालले जानकारी दिए । उनका...

सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकापसमाठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर...

अपहरणमा परेका थापाको सर्लाहीबाट उद्दार, ५ जना पक्राउ

धनुषा । धनुषाबाट अपहरणमा परेका इन्स्योरेन्समा काम गर्ने एक व्यक्तिको उद्दार गरिएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले सर्लाहीबाट उद्दार गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरीको...

आज चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशको केही प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हावाहुरी सम्भावना रहेको जनाएको छ । महाशाखाले बुधबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

उपनिर्वाचनः आज रातिबाट प्रचारप्रसार गर्न निषेध

काठमाडौं । आसन्न उपनिर्वाचन अन्तरगत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न निषेध गरिएको छ । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो । निर्वाचन आचारसंहिता अनुसार निर्वाचन हुने ४८ घण्टा अघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।...

हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डबाट प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध लागूऔषध चरेश करिब ६ किलो ९ सय ग्रामसहित धादिङ गजुरी गाउँपालिका–८ बस्ने ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङलाई पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उक्त...

क्यानडामा प्लास्टिक प्रदूषण नियन्त्रण सम्बन्धी चौथो सत्र सुरु

ओटावा, क्यानडा । संयुक्त राष्ट्रसंघ वातावरणीय कार्यक्रमको आयोजनामा क्यानडाको राजधानी ओटावामा विश्वव्यापी प्लास्टिक सन्धीका सन्दर्भमा निर्णायक चौथो सत्र सुरु भएको छ । सामुद्रिक वातावरणसहित प्लास्टिक प्रदूषणमा अन्तर्राट्रिय कानूनी रुपमा बाध्यकारी उपकरणको विकास गर्न अन्तर सरकारी वार्ता समितिको चौथो सत्र आयोजना भएको हो । आउँदो पाँचौ सत्रमा यस सम्बन्धी विषयलाई...

काठमाडौं आइपुगे कतारी राजा अमिर शेख

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार अपराह्नमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका थिए । कतारी राजा अमिर शेख राष्ट्रपति पौडेलको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका...

भारतबाट ३६ अर्ब बराबरको खाद्यान्न आयात

काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा भारतबाट ३६ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार, चालु आवको गत साउन महिनादेखि चैत्र मसान्तसम्ममा भारतबाट नेपालमा ३६ अर्ब ४ करोड रुपैयाँ बराबरको खाद्यान्न भारतबाट नेपालमा आयात भएको हो । सो रकम खर्च गरे विपत्...