समाचार

सुन्दर प्रणालीका रुपमा लोकतान्त्रिक शासन व्यवस्थाः प्रदेश प्रमुख शर्मा

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सार्वभौमसत्ता जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन सञ्चालन हुने सुन्दर प्रणालीका रुपमा लोकतान्त्रिक शासन व्यवस्था रहेको बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस्तो बताएका हुन् । उनले अझ लोकतान्त्रिक आचरण, विश्वास र भरोसा...

खानेपानी मन्त्री र भौतिक पुर्वाधार मन्त्रीबीच भेटवार्ता

हेटौंडा । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठ र संघीय सरकारका उपप्रधान एवम् भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठबीच भेटवार्ता भएको छ । सोमबार संघीय मन्त्री महासेठ र प्रदेशका खानेपानी मन्त्री श्रेष्ठबीच पुल्चोकस्थित मन्त्रीनिवासमा भेटवार्ता भएको हो । भेटका क्रममा मन्त्री श्रेष्ठले हेटौंडा बाईपास सडकको...

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा सोमबार ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घटना हुँदा वर्ष १७ का राजकुमार सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, सोही दुर्घटनामा परेर अन्य चार जना घाइते भएका छन्...

आज मौसम मुख्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज...

आज कतारका राजा नेपाल आउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं । आज कतारका राजा नेपाल भ्रमणमा आउने भएका छन् । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि आउने भएका हुन् । सरकारले सो अवसरमा आज देशभर सार्वजनिक विदा दिएको छ । सोमबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सार्वजनिक विदा दिने निर्णय...

हेटौंडामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमअन्तर्गत् आगामी शनिबार हुने भएको हो । प्रतियोगिता हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । गायन...

भरूवा बन्दुकसहित एक जना पक्राउ

नवलपरासी । नवलपरासी पूर्वबाट भरुवा बन्दुकसहित प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिनयी त्रिबेणी गाउँपालिका–३ सुनई बस्ने ३६ वर्षीय तारा बहादुर चिडीलाई एक थान भरूवा बन्दुकसहित पक्राउ गरेको जनाएकोछ । उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार,...

बागमतीका १२ सय जनामा अटिजम सम्बन्धि समस्या

मकवानपुर । बागमती प्रदेशका १२ सय जनामा अटिजम सम्बन्धि समस्या रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्क अनुसार, प्रदेशको १३ जिल्लामा एक हजार २५३ जनामा अटिजम सम्बन्धि समस्या रहेको पाइएको हो । तीमध्ये सबैभन्दा धेरै अटिजमका बिरामी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम रसुवा जिल्लामा रहेका छन् ।...

चीनमा बाढी आएपछि ५० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । चीनका नागरिकहरु ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको छ । चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । वर्षाका कारण अधिकाँश ठाउँमा...

उपनिर्वाचनः यातायातको व्यवस्था मिलाउन गृहलाई निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न उपनिर्वाचनमा यातायातको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात संचालनको व्यवस्था मिलाउन गृहलाई निर्देशन दिएको हो । इलामको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ र बझाङ...