राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ बैशाख २०,बिहीबार १५:३५

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश गरेको छ ।

आयोगले यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको हो ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गरेका हुन् ।

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङ प्रदेश सभा ‘क’ मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन सम्पन्न भएको थियो ।