समाचार
आगलागीबाट लाखौँको क्षति
ताप्लेजुङ । ताप्लेजुङमा आगलागीबाट लाखौँ धनमालको क्षति भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा लाखौँ धनमालको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको हो । आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने...
प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान
काठमाडौं । नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर सोमबार फ्रान्स प्रस्थान गरेका छन् । महानिरीक्षक कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । हेड अफ एनसिबी कन्फरेन्समा इन्टरपोलका सम्पूर्ण १९६...
१६ नेपाल प्रहरीलाई ७ दिने सूचना
काठमाडौं । नेपाल प्रहरीमा कार्यरत १६ जना प्रहरी कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ । प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा ७ दिने सूचना जारी गरेको हो । जारी सूचनामा विभिन्न मितिदेखि प्रहरी हवल्दार, सहायक हवल्दार, जवान लगायत पदमा कार्यरत उनीहरु आफूखुसी कार्यालयमा...
हेटौंडामा मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा आइतबार मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धा घाइते भएकी छन् । घाइते हुनेमा स्थानीय ७० वर्षीया मंगली माया स्याङतान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीका अनुसार, सिमलटारबाट राप्तिड्याम तर्फ आउँदै गरको बागमती प्रदेश ०३– ००४ प ४३८ नम्बरको...
सहकारीमा चोरी गर्ने मकवानपुरका ६ जना पक्राउ
मकवानपुर । झापाका विभिन्न सहकारीमा चोरी गरेको आरोपमा प्रहरीले मकवानपुरका ६ जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न १३ वटा सहकारीबाट ३० लाख १६ हजार रूपैयाँ चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङ्तान,...
आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको जनाएको छ । महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो । यस्तै, आज कोशी,...
दादुरा–रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न निर्देशन
काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले दादुरा–रुबेला खोप अभियानमा क्रियाशिल भएर लाग्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । आइतबार दादुरा–रुबेला अभियानको समिक्षा आई. पि.भी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । रुवेलाको अवस्था बुझेर कस्ता कार्यक्रम ल्याउदा उपयोगी...
मन्त्रिपरिषद् बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज बस्ने गरी आह्वान गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । सो बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...
संयुक्त राष्ट्रसंघले क्यानाडामा प्लास्टिक प्रदूषण अन्त्यका लागि कार्यक्रम गर्दै
गिरिजा अधिकारी ओटावा । संयुक्त रष्ट्रसंघ वातावरणीय कार्यक्रमले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि भोली २३ अप्रिलबाट एक साता लामो कार्यक्रम आयोजना गर्ने भएको छ । अन्तरसरकारी वार्ता समति (आइएनसी ( ४ ) को चौथो सत्र अप्रिल २३ देखि २९ सम्म क्यानाडामा आयोजना गर्न लागेको हो । सन्...
ललितपुरका शिक्षकहरूले एसइई उत्तर पुस्तिका परीक्षण नगर्ने
काठमाडौं । ललितपुर जिल्लाका शिक्षकहरुले माधयमिक शिक्षा परीक्षा (एसइई) को उत्तर पुस्तिका परीक्षण नगर्ने भएका छन् । ललितपुरको शिक्षक संघ सङ्गठनहरूले पारिश्रमिक कम भएको भन्दै यस पटकको एसइई परीक्षाको उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण नगर्ने घोषणा गरेका हुन् । आइतबार नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक...










