अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्ने पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार ०९:०६

बुटवल । अश्लील भिडियो बनाएर ब्ल्याक मेल गर्दै पटक–पटक करणी गर्ने एक युवकलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार, गुरुङमाथि एकल महिलालाई ब्ल्याक मेल गरी जबरजस्ती करणी गरेको आरोप छ ।

गुरुङले सुरु सुरुमा ती महिलालाई दिदी भनेर नाता लगाएको र पछि अश्लील भिडियो बनाएर पटक–पटक बलात्कार गरेको महिलाको आरोप छ ।

ती महिला र गुरुङ केही समय व्यापारिक साझेदार समेत रहेको खुलेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै पक्राउ परेका गुरुङमाथि थप कानूनी कारबाही अगाडि बढाइएको छ ।