समाचार
मकवानपुरमा मानव कंकाल फेला
मकवानपुर । मकवानपुरमा मानव कंकाल फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नं.८ आलखोला जंगलमा मानव कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरीका अनुसार, शनिबार बिहान आलखोला जंगलमा घाँस काटन गएका स्थानीयहरुले मृत मानिसको कंकाल फेला पारी प्रहरीलाई खबर गरेका थिए ।...
आज महावीर जयन्ती मनाइँदै
काठमाडौं । आज चैत्र शुक्ल त्रयोदशीको दिन २६२३ औं महावीर जयन्ती मनाइँदै छ । नेपालसहित विश्वभर छरिएर जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक पनि भनिन्छ । करिब २६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत बिहारको मुजफ्ररपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय...
सूचनाको हकका लागि राष्ट्रिय महासंघ मकवानपुरको अध्यक्षमा गौरब
मकवानपुर । सूचनाको हकका लागि राष्ट्रिय महासंघ, जिल्ला कार्य समिति मकवानपुरको अध्यक्षमा गौरव श्रीवास्तव चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न महासंघको साधारणसभाबाट श्रीवास्तवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । यस्तै, उपाध्यक्षमा रोशन बल, सचिवमा नरवहादुर स्यष्ठतान, कोषाध्यक्षमा पार्वती सुबेदी चयन भएका छन् । यसैगरी, सदस्यहरुमा...
बकैयाको रङ्गशाला निर्माणका लागि डेढ करोड सङ्कलन
मकवानपुर । पूर्वी मकवानपुरको बकैयामा नगद र जिन्सी सहित रङ्गशाला निर्माणका लागि डेढ करोड रुपैयाँ सङ्कलन भएको छ । जुरेली रङ्गशाला निर्माण लागि बकैया–४ मा लगाइएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा सहयोगी दाता र भक्तजनबाट एक करोड ६७ लाख ३९ हजार ३३० रुपियाँ सङ्कलन भएको हो । समापन समारोहलाई सम्बोधन...
अर्घाखाँचीको धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागी हुँदा कम्तीमा २० घरगोठ जलेर नष्ट भएको छ । वनमा लागेको आगो हावाहुरीका कारण शनिबार दिउँसो १ बजेतिर बस्तीमा सल्किएर आगलागी हुँदा झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । प्रहरीका...
मकवानपुरमा खोलामा डुबेर बालकको मृत्यु
मकवानपुर । मकवानपुरमा शनिबार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको बकैयाँ गाउँपालिका वडा नम्वर ६, टिकुले टोल बस्ने चौरे स्याङतानको ६ वर्षीय छोरा संदिप स्याङतानको पानीमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, ती बालक बकैया खोलाको पानीमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर...
बाघको आक्रमणबाट १४ वर्षीया बालिका घाइते
भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामा घरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।...
दुर्घटनामा परेर हेटौंडाका बिडारीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्क पिपलबोटस्थित पूर्व–पश्चिम सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने ५५ वर्षीय भिमबहादुर बिडारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, वैशाख ८ गते शनिबार अपराह्न...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक...
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज समापन हुँदै
काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज समापन हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु भएको एमाले प्रतिनिधि परिषद्को बैठक आज समापन हुने भएको हो । आजको बैठकमा शनिबार पेस भएका प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने...







