सहकारीका व्यवस्थापकको लागि क्षमता विकास तालिम
मकवानपुर । हेटौंडामा सहकारी व्यवस्थापकहरुको लागि दुई दिने क्षमता विकास तालिमको आयोजना गरिएको छ ।
राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाले आयोजना गरेको उक्त तालिम सोमबारबाट सुरु भएको हो ।
बैंकको एन.सि.बि.एल. सदस्य शिक्षा कार्यक्रम २०८०/८१ अन्तर्गत उक्त तालिम संचालन गरेको राष्ट्रिय सहकारी बैंकका बागमती प्रदेश प्रमुख रामेश्वर अर्यालले जानकारी दिए ।
तालिमको उद्घाटन कार्यक्रम राष्ट्रिय सहकारी बैंकका संचालक एवम् बागमती प्रदेश संयोजक रामहरि बजगाईँको प्रमुख आतिथ्यता तथा बैंकका हेटौंडा शाखा संयोजक नारायणप्रसाद देबकोटाको अध्यक्षतामा भएको हो ।
हेटौंडाको रोयल प्यालेसमा सुरु भएको तालिममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लभ तिमिल्सिना र झलेन्द्र दाहालले सहजीकरण गरेका छन् ।
तालिममा मकवानपुरमा रहेका बैंकका सदस्य, सहकारी संघ संस्थाका व्यवस्थापकहरु गरी ४० जनाको सहभागिता रहेको छ ।
