एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा दाहाल
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा विष्णु प्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् ।
एकीकृत समाजवादी जिल्ला कमिटीको शनिवार र आइतबार हेटौंडामा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको नेतृत्वमा ५८ सदस्यीय जिल्ला कमिटी चयन गरिएको हो ।
यस्तै, कमिटीको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुव बहादुर भुजेल, उपसचिवमा टङ्कबहादुर मोक्तान, बेगम बराल, कविन पन्त निर्विरोध भएका छन् ।
रिक्त रहेको एक उपाध्यक्ष र सदस्यमा भने पछि मनोनयन गरिने जनाइएको छ ।
निर्वाचित कमिटीको कार्यकाल ३ वर्षे रहने छ ।
