समाचार

सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो माग दाबी गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरेको...

इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार

काठमाडौं । ललितपुरमा इनारभित्र खसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ घर भएका ४१ वर्षीय बुघ लामा तामाङको सकुशल उद्दार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, तामाङ शनिबार राति सवा १ बजेतिर ललितपुर महानगरपालिका–५ को सडक छेउमा रहेको सार्वजनिक इनारभित्र खसेका थिए । उनको वडा...

लुम्बिनीका कृषि मन्त्री भण्डारीलालले दिए पदबाट राजिनामा

बुटवल । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पदबाट राजिनामा दिएका छन् । गत चैत २५ गते कृषि मन्त्रीमा नियुक्त भएका अहिरले पदबाट राजीनामा दिएका हुन् । उनले राजिनामा दिएसँगै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । दुई मन्त्रालय मागकोमा एउटा मात्रै मन्त्रालय दिएकाले...

रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । रेशम चौधरीको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेका रिट ‘हेर्न नभ्याइने’ मा परेको हो । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्भा गाउँपालिका–२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारू रहेका छन् । उनलाई प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, सारूले ती बालिकालाई गत कात्तिक १३ गते...

प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार...

कतारका अमिर शेख नेपाल आउँदै

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका छन् । उनी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा यही अप्रिल २३ मा नेपाल भ्रमणमा आउने भएको परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो । मनत्रालयका अनुसार, उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ...

दोहोरो अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । पाँच दिनदेखि निरन्तर ओरालो गतिमा गइरहेको नेप्से आज अन्तिम समयमा आएर बढ्न पुगेको हो । आज नेप्से १२ दशमलव २९ अकंले बढेर १९८४ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको छ । यस्तै, आइतबार ३१०...

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, महोत्तरी र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन ७२ मिलिग्रामसहित शनिबार दिउँसो एक जनालाई पक्राउ गरेको छ...

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खस्यो

काठमाडौं । गोरखाको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको उक्त तालमा हिमपहिरो खसेको हो । मपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रमुख जिल्ला...