ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुर्खेत । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४, सिम्रुतु भन्ने स्थानमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले गिरी सवार रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दिएको थियो । ट्रकको ठक्कबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका –७, निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
