२६ अंकको वृद्धि भयो शेयर बजार

काठमाडौं । मंगलबार शेयर बजारमा वृद्धि आएको छ ।
लगातार तेस्रो दिन पनि नेप्से सूचक बढ्दै २ हजार अंकमाथि उक्लिएको हो । मंगलबार शेयर बजार झण्डै २६ अंकले वृद्धि हुन पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
नेप्सेका अनुसार, मंगलबार नेप्से सूचक २५ दशमलव ९३ अंकले बढ्दै २ हजार ६ दशमलव २८ अंकमा उक्लिएको हो ।
शेयर बजार उकालो लागेसँगै आज कारोबारमा समेत तीव्रता आएको छ । आज ४ अर्ब ८० करोड रुपैयाँ बराबरको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
अघिल्लो दुई दिन १७ अंकले नेप्से सूचक बढेको बजारमा ५ अर्ब ६४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो । योसँगै मंगलबारसम्म १० अर्ब ४४ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको जनाइएको छ ।