बलात्कार आरोपमा राई पक्राउ

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:२८
सांकेतिक तस्बिर

काठमाडौं । बलात्कार आरोपमा फरार आरोपीलाई प्रहरीले उदयपुरबाट पक्राउ गरेको छ ।

प्रहरीले उदयपुरको त्रियुगा नगरपालिका–१६ घर भएका ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राईमाथि यही वैशाख १ गते ललितपुरको गोदावरीमा १२ वर्षीय बालिकालाई टहरोमा लगेर बलात्कार गरेको आरोप छ ।

बलात्कारपछि फरार भएका उनलाई उदयपुर प्रहरीसँग समन्वय गरेर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।