जसपाको केन्द्रीय निर्वाचन तदर्थ समिति गठन

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १६:२४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरिएको छ ।

केन्द्रीय कार्यकारिणी समितिले दिएको अधिकार बमोजिम पार्टीको केन्द्रीय कार्यालय समितिले अधिवक्ता दीपेन्द्र झाको संयोजकत्वमा पाँच सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

यस्तै, समितिको सदस्यहरूमा मनोजकुमार बर्मा, भुवनेश्वर चौधरी, आशा राई र देवनारायण यादव चयन भएका छन् ।