नक्कली नोटसहित दुई जना पक्राउ
पर्सा । पर्साको वीरगंज महानगरपालिका–९ घण्टाघरस्थित सडकबाट प्रहरीले नक्कली नोटसहित दुई जना पक्राउ गरेको छ ।
गएारति नेपाली १ हजारको दरको १ सय २३ वटा नक्कली नोटसहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत–४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् ।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
