दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:१९

काठमाडौं । भक्तपुरमा सोमबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाम लिखुतामाकोशीका २३ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जिल्लाको सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१.०३०चं. ०९९५ नम्बरको कार र ७३प.२८३६ नम्बरको स्कुटर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक गम्भीर घाइते भएक थिए । घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

स्कुटर पछाडि बस्ने सोही ठाउँका २३ वर्षीय राज तामाङ घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको छ ।

कार चालक धरानका ३१ वर्षीय आशिष श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।