भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
इलाम । इलामको मेची राजमार्गको राङ ४ बाघखोर सडकखण्डमा आज बिहान मारुती भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
झापाबाट इलामतर्फ आइरहेको मे १ ज ३२६३ नम्बरको भ्यान सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा देउमाई नगरपालिका ६ इलामका २५ वर्षीय दिपेश राई रहेका छन् ।
यस्तै, सोही दुर्घटनामा परे अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा देउमाई नगरपालिका ६ कै अन्दाजी २० वर्षीय विश्वास राई छन् ।
उनको अवस्था पनि गम्भीर रहेको र थप उपचारका लागि झापा पठाएको जनाइएको छ ।
