प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त
काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् ।
उपकुलपतिका लागि सिफारिसमा परेका ३/३ जनामध्ये १/१ जनालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
