बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ बैशाख १८, मंगलवार १८:०७

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

प्रदेश प्रमुख शर्मालाई मंगलबार एक कार्यक्रमबीच मधेसी आयोगको सदस्य आभा कुमारीले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

सदस्य कुमारीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेशन पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।